Monday, April 26, 2010

~~अवश्यम्भावी आन्दोलनमा समर्पित~~

बहुदल,एक्दल संगै
राजतन्त्र आए, प्रजातन्त्र आए
समाजवाद, साम्यवाद आए
जुलुस आए, पुलिस आए
बालबच्चा पनि आए
युवा,बुढा सबै आए
तर गए त केवल
पल्लोघरे आमैको कान्छो छोरो
र टोलको चियापसलेकी छोरी!
आँखामा नयाँ नेपालको सपना सजाइ
भेडा बनी हाम्फालेकाहरु
भीरबाट खस्दै गए
एक सहिदको पनि इज्जत नपाई
मरेका ती सपुतहरुको श्राप
देशलाई फेरी लागेको छ
निश्चय छ, फेरी पनि
माथ्ला घरे आमैको छोरो
र त्यही बदम बेच्नेको छोरी
उत्रनेछन् मैदानमा
र चिच्याउने छन्
"नेपाल जिन्दाबाद"
"स्याल नेताहरु मुर्दाबाद"
तर जति नारा लगाये पनि
तिनीहरु नै पिसिनेछन्
र उनै नेतारुपी ब्वाँसाहरुले
पुन:नियमित अद्ध्याय सुरु गर्ने छन्
नेपाल अझै चलिरहने छ
र पशुपतिनाथले देशको कल्याण गरिनैरहनेछन्।

No comments:

Post a Comment