Wednesday, June 30, 2010

~~माकुनेको राजिनामा सुने पछि~~

'१३' नम्बर शुभ रहेनछ
आज यो सिद्ध भयो
कार्यभार सम्हालेको १३ महिनामै
"माकुने-लीला"को इति भयो

थाहा पाउन सकिएन
ढिलो भो कि चाँडो भो
माननीय प्रम को रजिनामाले
"वर्तमान परिप्रेक्ष" मा के पो भो?

म 'काग' हुँ कि 'जनता'?
छुट्याउन आफैलाई गाह्रो भो
राजिनामाको खबरले केही त हुनु पर्ने
न पर्‍यो विस्मात, न त हर्ष नै भो!

लौ एउटा कुरा चैँ भन्दिएँ
आफू कागै भए पनि
"गरि खान" मात्र दिए
सफल हुन्थे भावी प्रम अनि
गाउने थिए नेपालीले पनि,
"जय जय जय नेपाल
"सुन्दर, शान्त, विशाल" भनी।
"सुन्दर, शान्त, विशाल" भनी।।

2 comments:

  1. यो केही भन्न नसकिने स्थिति मा राजिनामा आयो !
    पेट्रोल को हाहाकार, नयाँ बजेट अनिश्चित, अनि नेताहरु को कुर्सी सुनिश्चित !

    ReplyDelete
  2. एकदम ठीक भन्नुभयो आकारजीले।

    ReplyDelete