Wednesday, August 31, 2011

~बाबुराम~


बाबुराम,
तिमी जन्मिदा
१०४ बर्ष राणाशासनमा
जकडिएको नेपाल
भर्खर मात्र फुत्किएको थियो।

बाबुराम,
तिमी बोर्डफस्ट आउँदा
प्रजातन्त्रको पहिलो किरण
देख्दै गरेको नेपालले
श्री ५ महाराजाधिराजको बूटमुनी
पन्चायत झेलिरहेको थियो।

बाबुराम,
तिमी भूमिगत हुँदा
देशमा पुन: प्रजातन्त्रको
आशा जागी
तिम्रै दाजुभाइले
केवल प्रजातन्त्रको लागि
आफ्नो ज्यानको बाजी थापे।

बाबुराम,
तिमी रङ्गमन्चमा देखा पर्दा
नेपालमा पुन: प्रजातन्त्रमा मौलाउदै थियो
रङमन्चमा हुने चर्तिकला देखेर
प्रजातन्त्रप्रती नेपालीको वित्रिष्णा
विस्तारै जाग्दै पनि थियो।

बाबुराम,
आज एतिहासिक घडीमा
तिमी देशको प्रधान्मन्त्री
भएका छौ
तिम्रो कारणले गएका
हजारौँ नेपालीका ज्यान
र तिम्रो नेत्रित्वमा बगेका
सयौँ नेपालीका रगत
सबैलाई चटक्कै बिर्सेर
फेरि नेपालीहरुले
तिमिबाटै आशा राखेका छन्।

बाबुराम,
नेपालमा बनेको मुस्ताङ गाडी
तिमिले चढे पनि
नेपालीको मन-मुटुमा
तिमिले चढ्न बाँकी नै छ
याद गर!
तिमिले गरेका हरेक पाप
र तिमिले अब गर्ने पुण्य
सबैको लेखाजोखा
समयले गरिराखेकै हुनेछ
तिमिले अब गर्ने प्रत्यक काम
ईतिहासमा लेखिएकै हुनेछ।

No comments:

Post a Comment