Thursday, September 29, 2011

दशैँ


दशैँ,
दुर्गाको आगमन
शीतल बतास।

दशैँ,
तीनधर्के चङ्गा
खुला आकाश।

दशैँ,
गोकुल धुपको वासना
डमरूको आवाज।

दशैँ,
खसीको म्याँ-म्याँ
बालकको मुस्कान।

दशैँ,
मुहारमा हाँसो
मनमा, हीनताबोधको आभास।

दशैँ,
नयाँपनको प्रदर्शन
खुम्चेका निधार।

दशैँ,
एक महान् चाड
रंग अनेक प्रकार।

No comments:

Post a Comment