फर्कि आयो त्यही ऋतु
जुनमा म कामेको थिएँ
कठयाङ्रिएका औँलाले तिम्रो
तातो चुम्बन थापेको थिएँ
जिउभरी उम्रेका काँडा
डेरै जमाएर बसेका थिए
तिम्रो हातको एक स्पर्षले
सबै शर्माएर लुकेका थिए
सम्झिन्छु त्यो दिन म
आश्चर्य मान्दै आज
निर्लज्ज किटकिटाएका मेरा दाँत
आज किन मान्दै छन् लाज?
भावीको खेल हो यो
या हो केवल सन्जोग?
ऋतु उही छ,समय झन उस्तै
न्यानो पो महसुस गर्दै छु
कि छैनौँ तिमी यतै-कतै?
कि छाइसक्यौ जतै-ततै?
Nice
ReplyDeleteआखिर, यो प्रेम सम्वेग हो नि त ।
ReplyDeleteधन्यवाद राजेशजी!
ReplyDeleteअनिलजीले कुरा ठयाक्कै बुझ्नुभएछ, धन्यवाद :)
प्रणय भाव छताछुल्ल पोखिएको छ कवितामा! राम्रो लाग्यो।
ReplyDeletebahut sundar :)
ReplyDelete