
ओबामाले नोबेल पुरस्कार पाएको सुन्दा
रिस पो उठेर आयो
चाउरे, लिखुरे,लम्बुलाई छान्ने को?
मन भित्रैदेखि कुँडिएर आयो
के हाम्रा माकुने कम थिए र?
उनलाई वास्तै गर्न नहुने?
दुई ठाउँबाट हारेको भन्दै मा
एक वचन सोध्नै नहुने?
कसैले हेर्या छ
हाम्रो प्रमको मुस्कान?
आहा!
देख्दै विश्वले चीर शान्ति पाउला जस्तो
कसैले सुन्या छ
उनले देको भाषण?
सुन्दै लादेन भैयाले सन्यास लेलान् जस्तो
छ ओबामाको आँट
Geri Halliwell सँग खुलेआम म्वाइँ खाने?
छ ओबामासँग कला?
अँगालो हाल्दै शान्ति बाँढ्ने?
ओबामा जत्तिकै अग्लो नभएर के भो?
खाइलाग्दो जुङा लामो छँदै छ
फोटू त जस्तो नि निकाल्न सकिन्छ!
फोटोशप जान्ने कार्यकर्ता छँदै छ
कति दुखेसो गर्नु अब
अन्याय भो, अत्याचार भो
लौ अब जे सुकै होस्
माननीय प्रम माकुनेले
पुरस्कार नपाएकै निउँमा
भोली "नेपाल बन्द" घोषणा भो!!
हा...हा....हा । निकै राम्रो कविता । माकुनेलाई म्याच हानेको छ शिरिष जी । टाँसोका लागि धन्यावाद ।
ReplyDeletehttp://onlinekhaskhas.blogspot.com/
राजेशजी, मेरो ब्लगमा हृदयदेखी स्वागत गर्दछु। कमेन्टको लागि धेरै धेरै धन्यवाद!
ReplyDeleteInteresting post!
ReplyDeleteThank you Nilam!
ReplyDelete