Tuesday, December 22, 2009

~नेपाल बन्दमा समर्पित~

सुनियो फेरी नेपाल बन्द भयो रे
रमाइलो नै भयो रे
स्कूलाँ गेट लाग्यो रे,
सडकाँ टायर नी बल्यो रे
जाडोको बेलाँ
राती मसाल जुलुसको आगो
अनी दिउँसो
गोरखकाली टायरको राँको
सबले मनग्ये तापे रे
साँच्चीकै रमाइलो भयो रे
विद्यार्थीलाई छुट्टी
कर्मचारीलाई विश्राम
अनी मासुचिउरा को खाजासंगै
मस्त "Marriage" खेल्ने बाहना
आहा,कति रमाइलो छ
मुठ्ठिभर माथिल्ला वर्गलाई
माकुने लगायत
जापानी गाडी चढ्ने रहिजहरुलाई
नेपाल बन्द भए, घरदरबार
नभए,सिँहदरबार
के गर्नु?
यसो सुन्दिए त हुने
सुन्सान रिङरोडबाट गुन्जिने
नेपालको आर्तनाद
बलेको टायरबाट निस्कने
एक श्रमजिवीको पुकार
यसो देख्दिये त हुने
टियर ग्याँसले निकालेको
अबोध बालकको आँसु
तर खाँचै शिती!
के बालकको आँसुले
माकुनेको छाक अड्क्या छ र?
के भरियाको पुकारले
सुजाताको प्लेन छुट्या छ र?
के देशको भविश्यको बिगुलले
हाम्रो वर्तमान रोकिया छ र?

2 comments:

  1. हा हा ....छैन पक्कै पनि केहि लछार पाटो लाग्या छैन । हामी व्यर्थमा कुर्लिनु शव्द र समयको नाश मात्र । केनै लछारपाटो लाग्ने रहेछ र!! मनछोयो भावले । अनि यो नेपालवन्द धेरैलाई चैँ chance मा Dance गर्ने मेलो पो भएछ कि क्या हो । मेरो नि त्यस्तै त्यस्तै छ अनुभव!!!

    ReplyDelete
  2. अशेषजी, ईन्टरनेटको समस्याले गर्दा समयमै साभार व्यक्त गर्न पाइनँ। मेरो ब्लगमा स्वागत गर्न चाहन्छु अनी फेरी पनि टिप्पणीको लागि मुरी मुरी धन्यवाद।

    ReplyDelete