Monday, August 22, 2011

~एकादेशमा...~


बिहान उठ्ने बित्तिकै
पोखराका मान्छेले
कञ्चन माछापुछ्रेलाई हेरेझैँ
म झुलुक्क उसलाई एक नजर हेर्थेँ
माथीदेखी, तलसम्म
अनी फेरी तलदेखी माथीसम्म
केही नयाँ नदेखेपनि
उसको स्वाभाविक आक्रितीलाई
हृदयदेखी अँगाल्न पुग्थेँ
७ बर्ष लामो हाम्रो प्रेम
दिन-प्रतिदिन गाढिदैँ गएकोमा
मेरी प्रेमिका "फेसबुक"प्रति
म आभारी नै थिएँ |

अकस्मात,
गाउँमा एकदिन तहल्का मच्चियो
गाउँलेहरु बीच कानेखुसी चर्कियो
एउटी नव-सुन्दरी आएकी छ रे
भन्ने कुरा यत्र-तत्र सुनियो
मेरो पनि त मनै हो गाठेँ!
नव-सुन्दरीको एक झलक पाउन
यो आँखा निकै नै तर्सियो |

नभन्दै "गुगलप्लस" नामकी सुन्दरी
सजिएरै आएकी रैछे
भिन्न पहिरन, फरक चाल-ढाल
नक्कली मोरी अलि उत्तेजक नै रैछे!
सारा गाउँलेहरु क्षणभरमै
"गुगल्प्लस" लाई समात्न फाल हाले
म पनि भेँडा जो थिएँ
नव-सुन्दरीलाई आफ्नो बनाउने धुनमा
"फेसबुक"सँगको आफ्नो प्रेमलाई
निमेषभरमै दाउमा हालेँ |

त्यो कामवासना जो थियो
जुनमा म जालिएको थिएँ
"गुगल्प्लस"सँग बिताएका केही दिन
सुरुमा त रमाइलै थिए
उसँग हुँदा, एकान्त महसुस गर्थेँ
सायद,
मेरो पूर्व "फेसबुकप्रेम" को कोलाहलको हल
यही नव-सुन्दरीनै हो की भनेर सोच्दथेँ |

तर अपशोच,
बिस्तारै ज्ञान खुल्दै गयो
नवसुन्दरीको खोक्रोपन
उजागर हुँदै गयो
"फेसबुक"सँगको मेरो प्रेमलाई
भँग गर्न पठाइएकी
ल्यारी पेजकी अप्सरा
"गुगलप्लस" पो रैछे भन्ने थाहा भयो |

म लज्जित थिएँ
र फर्किन चाहन्थे
के "फेसबुक"ले मलाई फेरि स्विकार्छे?
यही आत्मप्रश्न गर्दै थिएँ
साहसको कमी थियो
तर आश जीवित नै थियो
घोसेमुन्टो लाएर म
"फेसबुक"कै दैलोमा फर्किएँ
त्यहाँ उ, त्यस्तै थी, जस्तो पहिले
त्यहि सङ्लो अनुहार,
त्यही आत्मविश्वाशी मुस्कान
उसले सहर्ष स्विकारी
र आफ्नो आँगनमा मलाई डोर्याई
म अचम्भित नै थिएँ
सारा गाउँले साथीभाई
जो नव-सुन्दरीकी पछि हाम्फालेका थिए
अहिले तिनै मेरी "फेसबुक"को आँगनमा
खुशीले लडी-बुडी गर्दै थिए|
एक-अर्काका पर्खालमा कुन्नी के-के लेख्दै पनि थिए ||

Friday, July 29, 2011

~My take on Debt Crisis~


I turn my TV on
And switch my channel to CNN
All I hear about is “Debt Ceiling”
I look up in my room
And get haunted by a creepy feeling!

August 2 is round the corner
And my phone bill is due!
U.S. is borrowing, so let me borrow
Anyone left that I can count on to??

I look at the downtown skyline
High-rises and flashing lights!
Doesn’t dazzle me no more
Those merely “House of Cards” held tight!!

Will I have my ceiling intact
If other one is not raised high??
Reps or Dems, who’s to blame?
I can do nothing, but sigh!!

Thursday, June 30, 2011

आँखा चिम्लिदा

मेचमा बसिरहेको म
र बत्तीमा एकोहोरिएका मेरा आँखा
एकछिनलाई झिमिक्क हुँदा
नियाल्छन् मेरो अतीतलाई
र, प्रोजेक्ट गर्छन् फ्ल्याष्ब्याकहरु
मेरो मानसपटलमा
एउटा फिलिम हेरेझै
म हेर्छु बन्द आँखाले,
झोला बोकेर स्कुल गैरहेको ठिटो
एक्नासले गुडिरहेको कालो टेम्पो
निरन्तर् बजिरहेको मठ-मन्दिरको घण्ट
कयन् रहरले भरिपूर्ण मनहरु
भाग्य र आशमा बाँचिरहेको शहर
र, कुना-काप्चामा लुकिरहेका अनेकन् पिडा
फिलिम सकिएपछि सोच्न बाध्य भएँ
आखिर के रैछ त अतीत?
पाएको दुइ गोटा उत्तर:
बर्तमानको शिल्पकार
भबिष्यको आधार|

Sunday, February 27, 2011

Contemplation....

Miles away in godforsaken land
Wind whistles right in the ear
And the trees barely stand
I see far into the horizon
The twilight of the dusk
Just makes me feel grand!

Can’t retreat from here
Have nowhere else to go!
Sea seems not too far
Will find a boat to row!!

Ask me my destiny
Do I know where that lies?
Beyond the sea
or after a thousand miles?

Ask me where I belong
Really in a foreign dome?
I know the truth, my dear!
Nowhere other than home!!

Wednesday, June 30, 2010

~~माकुनेको राजिनामा सुने पछि~~

'१३' नम्बर शुभ रहेनछ
आज यो सिद्ध भयो
कार्यभार सम्हालेको १३ महिनामै
"माकुने-लीला"को इति भयो

थाहा पाउन सकिएन
ढिलो भो कि चाँडो भो
माननीय प्रम को रजिनामाले
"वर्तमान परिप्रेक्ष" मा के पो भो?

म 'काग' हुँ कि 'जनता'?
छुट्याउन आफैलाई गाह्रो भो
राजिनामाको खबरले केही त हुनु पर्ने
न पर्‍यो विस्मात, न त हर्ष नै भो!

लौ एउटा कुरा चैँ भन्दिएँ
आफू कागै भए पनि
"गरि खान" मात्र दिए
सफल हुन्थे भावी प्रम अनि
गाउने थिए नेपालीले पनि,
"जय जय जय नेपाल
"सुन्दर, शान्त, विशाल" भनी।
"सुन्दर, शान्त, विशाल" भनी।।

Friday, June 4, 2010

प्रेम सम्वेग

फर्कि आयो त्यही ऋतु
जुनमा म कामेको थिएँ
कठयाङ्रिएका औँलाले तिम्रो
तातो चुम्बन थापेको थिएँ

जिउभरी उम्रेका काँडा
डेरै जमाएर बसेका थिए
तिम्रो हातको एक स्पर्षले
सबै शर्माएर लुकेका थिए

सम्झिन्छु त्यो दिन म
आश्चर्य मान्दै आज
निर्लज्ज किटकिटाएका मेरा दाँत
आज किन मान्दै छन् लाज?

भावीको खेल हो यो
या हो केवल सन्जोग?
ऋतु उही छ,समय झन उस्तै
न्यानो पो महसुस गर्दै छु
कि छैनौँ तिमी यतै-कतै?
कि छाइसक्यौ जतै-ततै?

Sunday, May 30, 2010

मध्यरातको उपज

स्थिर छ समय
कालो यो रातमा
दुई शब्द म कोर्दै छु
कलम समाइ हातमा

सोध्दै छु आफुलाई
छ के मा रमाइलो?
निस्पट्ट अन्धकारको शुन्यता
या मधुर बिहानीको सुनौलो?

ज्ञानको ज्योति बाल्न सके
उज्यालो हुन्थ्यो रात पनि
यो चेतना विना त खै ?
कालै रहन्छ मिर्मिरे पनि

सापेक्ष्यतावादको सिद्धान्त
बुझाएथे आइन्स्टाइनले
दिन र रातको नियमितता
सम्झएकै छ प्रकृतिले

यही नियम बुझ्न सायद
जीवन अर्पिदिये साधु-सन्तले
"आफ्नो कर्तव्य नबिर्स है नानीहो"
अझै भन्दै छन् बुढा-पाकाले

जीवनको रितमा घोत्लिने
मन त अझै थियो
तर,निद्राले आक्रमण गर्दै छ
अब आँखा चिम्लिनु नै वेश भयो।
आँखा चिम्लिनु नै वेश भयो।।