Saturday, December 7, 2013

म 
एक प्रेषक
र प्रापक पनि
चिट्ठी लेख्दैछु आफैलाई 
मार्टिन लुथर किंगको स्ट्याम्प
सेतो खाममा टपक्क टाँसेर 
स्वतन्त्रताको आह्वान गर्दै
मभित्रको "म" लाई
लुथरको वक्तव्य सुनाउँदै
"I have a dream"को बिगुल
निरन्तर फुकिरहेछु। 

Saturday, February 23, 2013

~उही अभिव्यक्ति, अनिद्राको~

भेट्न नआएकी निद्रा
र घुर्की लाउँदै गरेको
भोको पेटको सुरमा
म भने,
निस्पट्ट अन्धकार
अनि एक अचम्मको शून्यताबीच
आफ्नो कलम नचाउने
प्रयासमा छु
कलमले नाचेर
कापीको मन भरेझैं
म आफूले भने लेखेर
निद्राको मन जित्ने तरखरमा छु
के ऊ आउली ? कहिले ?
आत्मप्रश्नमाथि आत्मप्रश्न गर्दै
 आँखा चिम्लिनुको साटो
स्वयंलाई Lullaby सुनाउदै छु।


Friday, January 25, 2013

पुनरागमन


धेरै पछि आज
केही लेख्न खोज्दैछु
सुतिरहेको मस्तिष्कलाई
फेरी जगाउन खोज्दैछु

बग्दैछन् मानसिक तरँग
उर्लिएको कर्णालीसरी
उभिएको छु यो भूमीमा
अटल सगरमाथासरी

बस्दैछु, उठ्दैछु, देख्दैछु
जीवनका अनेक रंगहरू
हाँस्दैछु,गाउँदैछु, नाच्दैछु
आफ्नै गीत अनि नाचहरू

भविष्यलाई नियाल्दै छु
तर अतीतलाई बिर्सेको छैन
वर्तमानको माग धेरै छन्
तर स्वयंलाई गुमाएको छैन

लेख्न त फेरी लेखिएला
आजको परिक्षण सफल मानौँ
देखा त फेरि परिएला नै
आशा सदैव जीवितै राखौँ।

Thursday, April 12, 2012

नयाँ वर्ष

नयाँ वर्ष,
धेरै आशा
कयन् प्रतिज्ञा।

नयाँ वर्ष,
पुरानै किताब
तर नवीन पाना।

नयाँ वर्ष,
सबैको फलोस्-फूलोस्
यही शुभकामना।

Tuesday, November 22, 2011

~बिक्रीमा राखिएका सपना~

जसरी न्यूरोडको एक भैय्याले
बटुवालाई चना-चटपट
र एक गिलास सोडा बेच्छ
त्यसरी नै अम्रिकाले
प्रत्यक सेकेन्ड मानिसलाई
हजारौँ सपनाहरु बेच्छ
विद्यार्थीलाई राम्रो कामको
व्यापारीलाई राम्रो दामको
परिवारलाई ठुलो घरको
टुहुरोलाई आडिलो भरको
आफ्ना आँखाले देखिने
तर समात्न नसकिने गरि ती सपना
केवल दौडिरहेछन
सानोमा "छोइ-डुम" खेलेझैँ
'अमेरिकन ड्रिम' लाई समात्न
सारा जमात लागिपरिरहेछन्
कहिले-काहीँ लाग्छ
'अमेरिकन ड्रिम' एक परमसुन्दरी हो
जो एक अप्सराझैँ सपनिमा आउँछे
मुसुक्क हाँस्छे, अनी भुतुक्कै बनाउँछे
क्षणभरकोलागी परमसुख दिलाइ
बिस्तारै रित्तीदैँ जान्छे
तर,
असन्तोषी मनुवालाई
आफ्नी सङिनीसँग परिचय गराई
सदाका लागि बिदा हुन्छे
बिचरो मनुवा
एकपछी, अर्को
त्यसपछि फेरि अर्को गर्दै
सपनिमा विपना खोज्न विवश छ
अन्धकारलाई उज्यालो देख्न वाध्य छ
र,
एक शुन्यमा पूर्णता भेट्टाउन तल्लीन छ।।

Monday, November 21, 2011

~शैलेश~

घडीको टिकटिक
अनि रातको रमझम
विदेशको बसाइँ
अनि गाउँको घरजम
आफ्नो साइकल
घनश्यामको गाडी
बैकुन्ठेको रोलेक्स
आफ्नो खाली नाडी!
रामेकी बुढी
आफ्नो रित्तो भुँडी
छाम्दै भन्छ शैलेश
"के सत्य यही हो?"
रित्तो भुँडीमा जाँड खन्याउँदै
भित्तामा हान्दै, जुत्ता हुर्याउँदै
शैलेश भट्याउँदै छ,
"बरु गाउँ नै फर्किन्छु
केही गर्न नसकेनी
यौटा स्वतन्त्र राज्यको माग गर्छु
देश यसै नी टुक्रिदै छ
बरु आफ्नै राज्यको राजा हुन्छु
पृथ्वीनारनको सालिकलाई जरैदेखी उखेल्छु
आफ्नो प्रतिमा त्यहीँ ठड्याउँछु
अनि,
'स्व-राज्य जिन्दबाद' को नारा
चर्को स्वरमा लगाउँछु" ।।

Wednesday, October 5, 2011

An Eulogy to Steve


Never owned any Apple, I merely ate a few
Can’t get any sourer, a bite of apple without you!
All hail iPad and bless the almighty iPhone
Have no other feeling but iSad and iMourn!